काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बरु प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले उठाएको जिज्ञासामाथि जवाफ दिदै उनले सो कुरा बताएका हुन् । “प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यहाँभित्र पनि जवाफदेहिता छ । प्रेस पनि जिम्मेवार हुनैपर्छ” उनले संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताविरुद्ध जान नसकिने उनले बताए । प्रेस कर्मीलाई उनले आफ्नो गरिमा र सीमाभित्र रहेर जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् ।
सञ्चरमन्त्री डा. तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता बृद्धि गर्न र नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरव गर्न लायक बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताउँदै उनले सोअनुसार कार्यक्रम सरकारले ल्याउने बताए ।
त्यस्तै, संगीत र कला क्षेत्रमा पनि सुधारको काम गर्ने योजना सरकारको रहेको उनले बताएका छन् ।

