पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

काठमाडौं, । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सोमबार बसेको पार्टी सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन्।

राष्ट्रपति, नेपाली सेनाको परामाधिपतिसमेत भइसकेको व्यक्तिलाई सदस्यता दिन नहुने तर्क निकाल्दै एमालेको गत साउन ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले भण्डारीको नवीकरण भइसकेको सदस्यतासमेत खारेज गरेको थियो। उनले दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरिसकेकी थिइन्। नियमित लेबीसमेत तिर्दै आएकी थिइन्।

तर आफूसँग नेतृत्वमा प्रतिस्पर्धा गर्न आउने भय पालेका अध्यक्ष ओलीले उनको सदस्यता रोकेका थिए। पार्टीभित्र शक्ति सन्तुलन फेरिँदै जाँदा भण्डारीले पुनः सदस्यता प्राप्त गरेकी हुन्।

सम्बन्धित समाचार

ताजा समाचार