डोल्पा । नेपाली कांग्रेस डोल्पा जिल्ला उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् । बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध मुड्केचुला गाउँपालिका वडा नम्बर १ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो । अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।

