सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत

सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार राजनीतिक नियुक्तिका आधारमा विभिन्न देश पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको हो ।यसरी फिर्ता बोलाइएकोमा भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्मा रहेको छन् ।

त्यस्तै, दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव छन् । उनीहरू दुवै एमाले र कांग्रेस नेता एवं पूर्वसांसदसमेत हुन् ।सरकारले फिर्ता बोलाएका राजदूतमा श्रीलङ्काका डा। पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ छन् । उनीहरूलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।अब १७ देशका दूतावास राजदूतविहीन भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार रिक्त पदमा चाँडै राजदूत नियुक्ति गर्ने तयारी छ ।

फिर्ता बोलाइएका राजदूतलाई एक महिनाको समय दिइएको छ । चुनावपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई मार्गप्रशस्त गर्न भने पनि राजदूतहरूले राजीनामा दिएका थिएनन् । उनीहरूले राजीनामा नदिएपछि सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार