नेकपा एमालेले सुरक्षित यातायात र आधुनिक पूर्वाधारलाई दिगो विकास र समृद्धिको आधार आधारको रूपमा लिएको छ ।यस अन्तर्गत एमालेले वीरगञ्ज–काठमाडौं विद्युतीय रेल, केरुङ–काठमाडौं विद्युतीय रेल र पूर्व–पश्चिम विद्युतीय रेलको सपना देखाएको छ ।‘पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौं’ बिहीबार सार्वजनिक एमालेको घोषणापत्रमा उल्लेख छ ।
अगाडि भनिएको छ, ‘वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग र केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारीको कार्य अघि बढाउनेछौं । नेपाल–भारत अन्तरदेशीय रेल मार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेछौं ।’शको राजधानी काठमाडौंलाई तराई मधेशसँग जोड्ने द्रुतमार्ग ९फास्टट्रयाक० को निर्माण निर्धारित समयभित्र सम्पन्न गर्ने पनि एमालेको प्रतिबद्धता छ ।भारतसँग अन्तर्देशीय जलमार्गको माध्यमबाट र चीनसँग पारवहन तथा व्यापार सम्झौताबमोजिम सामुद्रिक बन्दरगाह उपयोग गरेर अन्तर्राष्ट्रिय व्यापारमा जलमार्गको पहुँच विकास गर्ने पनि एमालेको वाचा छ ।

