बैंक खाताको सिफारिस लिन धनकुटाका ७ उम्मेदवारको आनाकानी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको आर्थिक कारोबारका लागि छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, धनकुटाका ७ जना उम्मेदवारले बैंक खाता सञ्चालनका लागि सिफारिस नै नलिएको पाइएको छ ।

निजी खाताबाट आर्थिक कारोबार गर्दै आएका उम्मेदवारहरूलाई निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने व्यवस्था आयोगले गरेको थियो ।एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १४ जना राजनितिक दलबाट र ३ जना स्वतन्त्र गरि १७ जना उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्नो खाताको साटो निर्वाचन प्रयोजनको खातामा मात्रै आर्थिक सहयोग तथा चन्दा संकलन गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगले व्यवस्था गरेपनि धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी ७ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न रुचि नदेखाएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार