मेघालयको कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ ।बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका(५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ ।

यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका(१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ ।विनासकारी डाइनामाइट विष्फोटपछि रत्न राई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो ।

उनको जीउडालको आधारमा परिचान गरिएको खबर आएको पारिवारिस स्रोतले जनाएको छ ।स्थानीय युवा नेत्रविक्रम राउतका अनुसार रत्नको मृत्यु भएको खबर आएपछि घरमा काजकिरिया सुरु भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार