कैलाली । कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
शनिबार घनगढी उपमहानगरपालिका – ६ दोघराटोलका २१ वर्षीय दिर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको हो । उनको आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा पु¥याउँदा चिकित्सकले मृत्यू घोषणा गरेका थिए ।

