विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको सम्भावना रहेको बताएका छन् । संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनस्र्थापना हुने सम्भावना रहेको बताएका हुन् ।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पु¥याउने काम गरिएको पनि दोहो¥याए । उनले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गरेका छन् ।

सभामुख घिमिरेले भने,‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनस्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रश्तुत गरिसकेको छु । अव भोली के हुने भन्ने बारेमा भोलीकोप परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईहरुको अगाडि कुरा राख्न चाहन्छु ।’

सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार