काठमाडौं । नेपाली संगीत र फिल्म क्षेत्रले एक चम्किलो तारा गुमाएको छ। ‘इन्डियन आइडल’का विजेता तथा गायक–अभिनेता प्रशान्त तामाङको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको जानकारी उनको निकट चलचित्रकर्मी राजेश घतानीले दिएका छन्।
स्वर र संघर्षको प्रतीक बनेका तामाङ नेपाली दर्शक–श्रोतामाझ अत्यन्तै लोकप्रिय थिए। उनले गाएका थुप्रै नेपाली गीतले श्रोताको मन जितेका छन् भने उनको स्वरले भावनालाई संगीतमा उतार्ने काम गर्यो।
संगीतसँगै अभिनय यात्रामा पनि सक्रिय तामाङले सलमान खान अभिनीत बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत हिन्दी फिल्म उद्योगमा डेब्यू गरेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाको पहिचान दिलाउन उनले खेलेको भूमिका स्मरणीय रहनेछ।

