आगामी संसदीय निर्वाचनमा फिडेजको नेतृत्व गर्न ओर्बान तयार

काठमाडौं । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आगामी संसदीय निर्वाचनमा सत्तारुढ फिडेज–केडीएनपी गठबन्धनको नेतृत्व गर्न आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । बुडापेस्टमा आयोजित फिडेज पार्टीको ३१औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओर्बानले २० वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि पनि आफू अझै यो जिम्मेवारीका लागि तयार रहेको बताए ।

हंगेरीको कानूनअनुसार आगामी निर्वाचन अप्रिल १२ मा हुने सम्भावना छ । जहाँ सत्तारुढ दल र विपक्षीहरूबीच कडा प्रतिष्पर्धा हुने जनमत सर्वेक्षणहरूले देखाएका छन् । महाधिवेशनका क्रममा गठबन्धनले सबै १०६ निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । जसमा ६५ बहालवाला सांसद र ४१ नयाँ उम्मेदवारहरू रहेका छन् । ओर्बानले पार्टीमा पुस्तान्तरणको प्रक्रिया व्यवस्थित रूपमा अघि बढेको बताउँदै नयाँ उम्मेदवारहरूले मतदाताको विश्वास जित्नेमा भरोसा व्यक्त गरेका छन् ।

उनले आफ्नो सरकारले गरेको रोजगारी सिर्जना र आर्थिक सुधारको चर्चा गर्दै आगामी कार्यकालमा ज्याला वृद्धिलाई मुख्य प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । यसका साथै, ओर्बानले युक्रेन युद्ध, आप्रवासन र युरोपेली संघको आप्रवासन नीतिप्रति आफ्नो कडा अडान दोहोर्याउँदै हंगेरीले राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई प्राथमिकता दिने स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार