माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ सिमार बस्ने २४ वर्षकी झुपा रानाको माटोको ढिस्कोमा पुरीएर मृत्यु भएको छ । बुधबार माटो खन्ने क्रममा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड पुगेकी उनको माटोको ढिस्कोमा पुरीएर मृत्यु भएको हो ।

घर लिपपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गम्भिर घाइते भएकी रानालाई गोकुलेश्वर अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार