वीरगञ्जमा कर्फ्यू साँझ ६ बजेसम्म थप

वीरगञ्ज । वीरगञ्जमा दुई समुदायबीच उत्पन्न तनावका कारण जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ। आइतबारदेखि धार्मिक तथा सामाजिक विषयलाई लिएर प्रदर्शन चर्किएपछि प्रशासनले सोमबार साँझदेखि कर्फ्यू लागू गरेको हो।

पहिले बिहान ८ बजेसम्म तोकिएको कर्फ्यू दिउँसो १ बजेसम्म विस्तार गरिएको थियो भने पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

कर्फ्यू वीरगञ्ज महानगरको बसपार्क–नगवा–इनर्वा क्षेत्रदेखि सिर्सिया नदी, गण्डक चोकदेखि शंकराचार्य गेटसम्म लागू छ। यस अवधिमा भेला, सभा, जुलुस र प्रदर्शन निषेध गरिएको छ।

अत्यावश्यक सेवा बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सवारी साधनलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार