त्रिशूलीमा दुई युवक बेपत्ता, खोजी हुँदै

काठमाडौं । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शङ्कर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुबै जना गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ ।

घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार