काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकाउँदै बिदा हुँदै छन्। सभामुखले सरकारी निवास छोड्ने तयारी पनि अघि बढाइसकेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी सार्वजनिक घोषणा नगरी बिदा हुने बताइएको छ।
संविधानअनुसार, प्रतिनिधि सभा विघटन भएपनि सभामुख र उपसभामुख आफ्नो पदमा बहाल रहन्छन् र आगामी निर्वाचनका उम्मेदवारी दिने अघिल्लो दिनसम्म जिम्मेवारीमा रहन्छन्।

