काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–११ ले जित्यो ।
यस्तै अर्को खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ ले जित्यो ।
प्रतियोगितामा अहिले पुरुषतर्फ नेपाल पुलिस क्लब र ढोरपाटन क्लब तथा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल एपीएफ क्लबबीच खेल भइरहेको छ ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरी २० वटा टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोली सहभागी छन् । प्रतियोगिता यही पुस २० गतेसम्म सञ्चालन हुनेछ ।

