काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। ओपनर माज सदाकतले ६३ रन बनाए भने अनिल शाहले ६१ रन जोडे।
चितवनका डेविड मलानले ८० रन बनाएका थिए। जनकपुरका बलरहरूले समान रूपले विकेट लिए।

