सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो

काठमाडौं । मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलवार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

सोमवार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार