कहाँ चुक्यो लुम्बिनी लायन्स ?

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् । लगातार तेस्रो हारपछि कप्तान रोहितले अन्तिम ३० बलमा २८ रन मात्र जोड्न सक्नुले पनि खेलको मुमेन्टम बिग्रिएको बताए ।

उनले आजको खेलमा जसरी सुरूआत भएको थियो त्यसअनुसारा १७०÷१८० सम्म बनाउनुपर्ने उल्लेख गरे । विदेश र घरेलु खेलाडीले जसरी खेल्नुपर्ने हो त्यो हुन नसक्दा पनि खेलमा नराम्रो नतिजा आएको उनी बताउँ छन् । यो लिगमा जित निकाल्न १÷२ जना घरेलु खेलाडी पनि चल्नुपर्ने उनको भनाइ छ । आजको खेलमा सन्दीप जोरालाई अन्तिम ओभरमा खेलाउने रणनीति पनि सफल नभएको उनी बताउककंछन् । त्यसको क्रेडिट सुदूरपश्चिमको बलरलाई पनि जाने उनले उल्लेख गरे । खेलमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको उनले औंल्याए ।

तीन खेल हारे पनि अझै प्रतियोगितामा फर्कने अवसर रहेको रोहितको विश्वास छ । लिगमा शुरु गरेको जस्तो राम्रो प्रदर्शन जारी राख्न असफल भएको रोहितले उल्लेख गरे ।

सम्बन्धित समाचार

ताजा समाचार