काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन् ।साम्पाङले आफू नेतृत्व गर्ने ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ता गर्न माग गर्दै आज आयोगमा औपचारिक निवेदन बुझाएका हुन्।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार साम्पाङ व्यक्तिगत रूपमा आयोगमै उपस्थित भई निवेदन दिएका हुन्। हाल आयोगले उनले बुझाएका कागजातहरूको प्रारम्भिक अध्ययन र रुजु प्रक्रिया अगाडि बढाइरहेको छ।

