चाडपर्वमा मनपरी भाडा असुल्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । चाडपर्वमा यात्रुबाट अतिरिक्त भाडा असुल्ने वा टिकटमा कालोबजारी गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै स्वीकृत दरभन्दा बढी भाडा असुल्न नपाइने स्पष्ट गरेको छ। साथै टिकट बिक्री–वितरण सहज र व्यवस्थित बनाउन आग्रह गर्दै अनलाइन सेवा प्रयोगमा समेत ध्यान दिन सरोकारवालालाई अनुरोध गरिएको छ।

‘निर्धारित भाडादर विपरीत रकम असुल्ने, टिकटको कालोबजारी गर्ने वा यात्रुलाई असुविधा हुने खालका गतिविधि भएमा कानुनअनुसार कडा कारबाही हुन्छ,’ सूचनामा भनिएको छ।

विभागले चाडपर्व लक्षित सार्वजनिक यातायात सहज र सुरक्षित बनाउन सरकारी निर्णयअनुसार मात्र सेवा प्रवाह गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार