कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा जेनजी समर्थनको समुहको माग सम्बोधन गर्न बार्ता टोली गठन गरिएको छ । बिहीबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले जेनजी समर्थक समूहको माग सम्बोधन गर्नका लागि नगर प्रमुखको अध्यक्षतामा जेनजी समर्थक समूहबाट सात जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको हो ।
कार्यपालिका बैठकबाट नगर प्रमुख पोतोलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौं जना कार्यपालिका सदस्य, ५ दलबाट एक एक जना दलीय प्रतिनिधि र जेनजी समर्थक समूहबाट ७ जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिए ।
बैठकले आन्दोलनमा क्षति भएका पुर्वाधारहरु पुर्ननिर्माणका लागि गठन गरेको कोषमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने समेत निर्णय गरेको छ ।

