काठमाडौं । हालैको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा काभ्रेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेका युवराज क्याप्छाकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार क्याप्छाकीको संलग्नता महाराजगञ्ज वृत्तका प्रहरीमाथि कुटपिट गरेको भिडियोमा देखिएको थियो। सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको हो र अहिले कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान जारी छ।
जेनजी आन्दोलनको २४ भदौमा भएको झडपमा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो। राय सिन्धुलीका र थापा दार्चुला घर भएका हुन्।

