नवी मुम्बई । भारतको नवी मुम्बईस्थित एरेली स्टेशन नजिक एक नेपाली युवकको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। डोटी जिल्ला पूर्विचौकी गाउँपालिका–७ पोखरी बुलबस्ता घर भएका २२ वर्षीय मनोज बिकको घाँटी रेटिएको र चक्कु प्रहार गरी शरीर दुई टुक्रा पारेर रेलको पटरी नजिक फालिएको अवस्थामा शव भेटिएको हो।
प्रहरीका अनुसार शव पहिलोपटक पुलीश ले देखेपछि उहाको सिरमती लाई खबर दिइएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले तत्कालै शवलाई नियन्त्रणमा लिई अस्पताल पुर्याएको थियो। त्यही अस्पतालबाट मृतकका भाइ कृष्ण बिकलाई फोन गरी घटनाबारे जानकारी गराइएको थियो।
मनोजको श्रीमती बबिता साउँदमाथि प्रारम्भिक रूपमा प्रहरीको नजर परेको छ। करिब तीन वर्षअघि प्रेम विवाह गरेका मनोज र बबिता दुवै भारतको नवी मुम्बईको हर्बल लाइन क्षेत्रको एरेली स्टेशन आसपास बस्दै आएका थिए।
हत्या लगत्तै बबिताको गतिविधि र शव फालिएको तरिका शंकास्पद देखिएकाले यस घटना को छनविन हूनुपरने छ। शव अस्पतालको वेडमा देख्दा भने हत्या योजनाबद्ध ढंगले गरिएको हुनसक्ने देखिन्छ ।
यस घटनाले विदेशमा रोजगारीका लागि गएका नेपालीहरूको सुरक्षाप्रति प्रश्न खडा गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान गरीदोषी उम्कन नपाउने गरी सजायको माग मृतकका अफन्तको छ ।

