आयोगले भन्यो- समयमै निर्वाचन सम्पन्न गराउन तयार छौँ

काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन् ।

बिहीवार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताएका हुन् । उनले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठामाथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता पनि जनाए ।

शान्ति-सुरक्षाविना निर्वाचन सम्पन्न गर्न नसकिने स्थितितर्फ सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बलिएको अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको उनले बताए । कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरुको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिष्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई समेत बिनाअवरोध निर्वाध रुपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन । निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ ।

सम्बन्धित समाचार

ताजा समाचार