काठमाडौं। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए।
शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन।योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

