देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु

काठमाडौं। देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०का अनुसार देशका ७४ जिल्लाबाट चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।

डोल्पा, हुम्ला र मनाङ जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन। इडिसिडीको किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार हालसम्म डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।

गण्डकी प्रदेशमा एक हजार १९५ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ९६३, कोशीमा ६९८, लुम्बिनीमा ७९८, सुदूरपश्चिममा ५२६, कर्णालीमा २०९ र मधेशमा ८९ जनामा डेङ्गु पुष्टि भएको छ।

डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह चिकित्सकको आग्रह छ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

सम्बन्धित समाचार

ताजा समाचार