कारागारबाट भागेका कैदी यसरी परे पक्राउ

कैलाली । जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार सिंहले बिहीबारसम्म पक्राउ परेका उनीहरूलाई कारागार पठाइएको बताए । उनकाअनुसार पक्राउ परेका मध्ये तीन जना कैदीबन्दी भने आफैं प्रहरीको सम्पर्कमा आएका थिए ।

यसैबीच, जिल्ला कारागार कैलालीले भागेका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार