काठमाडौं । जेन–जी युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति नेपाल मुस्लिम संघले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।
संघका महासचिव प्रवेज आलम अन्सारीद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमार्फत दबाब सिर्जना गरी माग राख्ने जेन–जेड पुस्ताको उद्घोष जायज भएको उल्लेख गरिएको छ। तर आन्दोलनका क्रममा सरकारी कार्यालय, सञ्चार गृह तथा निजी व्यावसायिक भवनमा आगजनी हुनु दुःखद र खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ।
संवेदनशील अवस्थामा मुलुकलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकतामा संघले जोड दिएको छ।
हेर्नुस् मुस्लिम संघको अपिल:


