जेनजीः अन्तरिम सरकारको नेतृत्वमा कुलमान प्रस्ताव

काठमाडौं। जेनजी नेपालको अर्को समूहले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन सफलताको नजिक पुगेको दाबी गर्दै जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठनसँगै निष्कर्ष आउने उल्लेख गरिएको छ।

प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साहलाई योग्य उम्मेदवारका रूपमा उठाइएको भए पनि उनले चासो नदेखाएकाले विकल्प खोजिएको स्पष्ट गरिएको छ।

त्यस्तै, धरानका मेयर हर्क साम्पाङ र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नाममा पनि छलफल भए पनि दुवैलाई अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

ताजा समाचार