पोखरामा जेनजीः बालकलाई लाग्यो गोली

पोखरा । पोखरामै एक जना बालकलाई गोली लागेको छ ।

बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।

बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार