काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज भर्खरैदेखि सञ्चालनमा आएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको बताएको हो ।

