नेपालीलाई भारत प्रवेशमा रोक

कैलाली । सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।

गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत प्रवेश गर्न खोजेका नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको भारत जाँदैगरेका अछामका दीपक साउँदले बताए। नेपालको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरूमा कडाइ गरेको छ । नेपालसँग जोडिएका नाकाहरूबाट आधार कार्डबिना प्रवेशमा रोक लगाएको हो ।

भारततर्फबाट प्राप्त आदेशका आधारमा रोक लगाइएको र नेपालका विभिन्न कारागारबाट कैदीबन्दी भागेपछि उहाँहरू सीमा हुँदै भारत पस्न सक्ने आशङ्काले सुरक्षामा कडाइ गरिएको बताइन्छ । जसका कारण विभिन्न कामले भारत प्रवेश गर्ने नेपालीहरू नाकामै रोकिएका छन् । भारतमै बसोवास गरिरहेका नेपालीहरू गन्तव्य तर्फ जान नपाएपछि समस्यामा परेका छन् ।

नेपालीहरूलाई प्रवेशमा रोक लगाउनुका साथै भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई समेत कडा चेकजाँच गरिन थालिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार