त्रिभुवन विमानस्थल कहिलेसम्म रहन्छ बन्द ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द रहने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असमान्य परिस्थितीका कारण विमानस्थल बन्द गरिएको हो ।

उनका अनुसार विमानस्थल आज बेलुका ६ बजेसम्म बन्द रहने छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले मङगलबार सूचना जारी गर्दै विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुँवा लगायतले जहाजको सुरक्षामा गम्भीर असर गर्ने भन्दै विमानस्थल बन्द गरेको जानकारी गराएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार