सुरक्षाकर्मीहरूबाट लुटिएका हातहतियार बुझाउन सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’

सम्बन्धित समाचार

ताजा समाचार