१८ वर्षीय किशोरी मृत फेला

बैतडी। बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्।सुर्नया गाउँपालिका वडा नम्बर ५ मडकी १८ वर्षीय झरना दमाई मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन् ।

प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका वडा नम्बर ६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार