सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज माइतीघर मण्डलामा पत्रकार तथा सरोकारवालाले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकारको निर्णयले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै तत्काल फिर्ता लिन माग गरे। उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने नाममा नियन्त्रण गर्ने प्रयास अस्वीकार्य भएको बताए।

विरोध कार्यक्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार