सुनचाँदीको भाउमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार पाँच सय रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुइृ लाख सात हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलाको १० रुपैयाँ बढेर तोलाको दुई हजार चार सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ थियो ।

सम्बन्धित समाचार

ताजा समाचार