मोटरसाइकल दुर्घटनाः बहादुर रानाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ९ कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा चालक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।

सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए।

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा सोही दिननै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार