काठमाडौं । हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ ।
यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने अनुमान गरिएको छ ।
आँधीका कारण हङकङ विशेष प्रशासनिक क्षेत्रमा धेरै सार्वजनिक सेवाहरू र गतिविधिहरू निलम्वित गरिएको छ । उल्लेखनीय संख्यामा उडानहरू रद्ध गरिएका छन् । मानिसहरूलाई प्रतिकुल मौसमबाट टाढा रहन आग्रह गरिएको छ ।
यसअघिको आँधी संकेत नम्बर १० सेप्टेम्बर २०२३ मा आएको सुपर आँधी साओलाको प्रभावमा जारी गरिएको थियो ।

