महिलाको अश्लील भिडियो बनाउने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । देश तथा विदेशमा रहेका नेपाली महिला तथा पुरुषहरुसँग रकम लिइ भिडियो कल मार्फत अश्र्लिल क्रियाकलापहरुमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-६ घरभइ हाल काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ बर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका थापालाई मुलुकी संहिता २०७४ को दफा १२१ बमोजिम अश्लील भिडियो, पर्चा बनाउन वा बिक्री गर्न नहुने कसुरमा पाँचदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार