ट्वाइलेट जाने निहुँमा अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं। थुनछेक बहसका लागि उपस्थित गराउने क्रममा काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् ।

फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घरभइ काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही हुन् ।

उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा उनी फरार भएका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार