काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भइ वीर अस्पताल भर्ना भएका छन् ।
केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकिय सचिव अशोक भट्टराईले बताए ।
स्वकिय सचिव भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

