मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलासा

सुदूरपश्चिम । मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या गरेको अभियोगमा उनका सहोदर देवर नवीन नाथलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन्।

प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन्। भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका जनाइएको छ। नाथ शुक्रवार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो ।

बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य भेटिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार