बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । २१ लाख रुपैयाँ बराबरको बिगो रकम र २ बर्ष कैदको बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२२ स्थाइ घरभइ हाल छाउनी बस्दै आएका ५२ वर्षीय प्रणवलाल सिंह हुन् ।

सिंह बैंकिङ कसुर मुद्दामा दोषी ठहर भए पनि फैसला कार्यान्वयन नगरी फरार रहँदै आएका थिए । उनलाई काठमाडौंको विभिन्न स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

सम्बन्धित समाचार

ताजा समाचार