डोटी । डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।
जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जानकारी दिए ।

