काठमाडौं । हङकङस्थित नेपाली महावाणिज्य दुत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसंग भेटघाट गरेका छन् ।
बुधवार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दुत डा. लेखकले खेलाडीहरुलाई भेटेर हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिएका हुन् । केही साताअघि मात्र जिम्मेवारीवहन गरेको बताउँदै महावाणिज्यदुत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा उत्साहित भएको उल्लेख गरे ।
नेपाली टोलीले बिहीवार हङकङस्थित स्टेडियममा स्थानीय समयअनुसार राति ८ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।

