भिजिटि भिसा प्रकरणः संलग्नलाई सरकारले किन कारबाही गर्न सकेन ?

काठमाडौं । राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बाएका हुन् । उनले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठाए। सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रुपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उनको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ ।

उनले भने, ‘गृहमन्त्री दोषि हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन । तर छानविनका निमित्त उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभयो भने सजिलो हुन्छ । अनि भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारबाही गरेन रु अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो रु त्यसकारण यसमा तालमेल मिलेको छ या छैन रु यो कुरा त छानविन पछि आउँला । तर अहिले जुन विषय उठेको छ । त्यही ओहोदामा रहँदा छानविन गर्न अप्ठ्यारो हुने भएकोले कानूनी ढंगमा पनि उहाँले राजीनामा दिँदा उपयुक्त हुन्छ ।’

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उनको आरोप छ ।

सम्बन्धित समाचार

ताजा समाचार