जिप दुर्घटनाः ५ जना घाइते

धरान । धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा को. १ च. ६६४० नम्बरको जिप ब्रेक फेल भएर बुधबार दिउँसो दुर्घटना भएको हो ।

गाडी अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक सप्तरी जिल्लाका राकेशकुमार यादव, उदयपुरको त्रियुगा नगरपालिकाका ललित परियार, मोरङ विराटनगरका एन्जिला अधिकारी, विराटनगरकै निर्मला गुर्वाजु र मोरङ उर्लाबारी नगरपालिकाको त्रानु गौतम रहेका छन्।

दुर्घटनामा घाइते भएकामध्ये चार जना हेड नेपाल, विराटनगर संस्थाका कर्मचारी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार