ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो जिप दुर्घटना भएको छ । प्रहरीका स्रोतका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्ष वेदप्रसाद गौतमका अनुसार सोही गाउँपालिका–२ सान्थाक्राको साक्फारामा ज १ च १३१७ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

